भारतले दियो नेपालीलाई स्वदेश फर्कने पास, रेल सेवा सुरु भएसँगै हजारौँको संख्यामा सुदूरपश्चिम भित्रिने अनुमान

रेल
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ३ ।
भारतिय सरकारले भारतका विभिन्न सहरहरुमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्कनको लागि पास दिन सुरु गरेको छ । कोरोना भाइरसका कारण सारा विश्व लकडाउनमा ठप्प परेका बेला सुदूरपश्चिमका हजारौँ नेपालीहरुले रोजगारी गुमाएका छन् । लामो समयदेखी भारतमा अलपत्र परेका नेपाली नागरिकहरुले स्वदेश फर्काउनको लागि दबाव सृजना गर्न थालेपछि भारतले नेपालीहरुलाई पास दिन सुरु गरको हो ।

भारतमा अलपत्र परेका नेपाली नागरिक त्यसमा पनि सुदूरपश्चिमका नेपाली नागरिकहरुले पास पाएसँगै विभिन्न सहरहरुमा रोजगारी गुमाएका नेपाली मजदुरहरु स्देशको यात्रा तय गर्न थालेका छन् । यससँगै सुदूरपश्चिम प्रदेशमा हजारौँको सख्यामा नेपाली नागरिक भित्रिने अनुमान गरिएको छ ।

रेल सेवा सुरु भएसँगै भारतमा अलपत्र परेका सुदूरपश्चिमेली जनताले अनलाईन टिकट लिई नेपालतर्फ आउन सुरु गरिसकेको विभिन्न स्रोतबाट जानकारी भएको छ । यस अघि पनि केही मानिसहरु आइरहेकोमा रेल सेवा सुरु भएसँगै ठूलो संख्यामा नेपालीहरू भित्रिने अनुमान गरिएको छ ।

सुदूरपश्चिममा ठुलो संख्यामा भारतबाट नेपाली नागरिक स्वदेश फर्कने पुर्वानुमान गरिसक्दा पनि प्रदेश सरकारको तयारी भने शुन्य देखिएको छ । प्रवासबाट नेपाली मजदुर फर्कने लगभग तय भइसक्दा प्रदेश सरकारले उच्च स्तरिय रणनीति र व्यवस्थापनका लागि पहल गर्न अत्यन्तै जरुरी देखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्