बैंक खोल्न नेपाल राष्ट्र बैँकको निर्देशनः धनगढीमा कुनै बैंकको सेवा चुस्त, कुनैको सेवा सुस्त (फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २७ ।
कोरोना भाइरसका कारण देशभर गरिएको लकडाउनको आज ४७ दिनमा नेपाल राष्ट्र बैंकले कैलाली जिल्लाभरी बैंकको सेवा चुस्त र दुरुस्त राख्न निर्देशन दिएको छ । प्रदेशको अस्थायी राजधानी धनगढी सहित सबै ठाउँमा रहेका बैँकहरुले आ–आफ्नो शाखाबाट सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकले निर्देशन दिएको हो ।

आजदेखि बैङकहरु खुल्ला रहने तर बैँकहरुले सिमित बैंकिङ्ग कारोबार मात्र गर्ने बताइएको थियो । बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म खुल्ने बैँकबाट ग्राहकले नगद कारोबार गर्न पाउनेछन् । त्यसका लागि बिहान ११ देखि दिउँसो १ बजे सम्मको समय तोकिएको छ । नगद कारोबार बाहेकका अन्य सेवा भने तत्कालका लागि भने बन्द रहनेछन् । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन सँगै धनगढीका विभिन्न बैंकहरुमा सेवाग्राहिहरुको चाप बढेको छ । यससँगै धनगढीमा गरिएको निरिक्षणमा कुनै बैंकहरुले दिने चुस्त देखिएको छ भने कुनै बैंकहरुको सेवा निकै सुस्त देखिएको छ ।

बैंक अफ काठमान्डौको सेवा अन्योलमा
देब विकास बैंक लि. को सेवा चुस्त ।
एभरेष्ट बैंक लि. को सेवा ठप्प, आर्थिक कारोबारका लागि एटिएमको भर पर्नुपर्ने ।
हिमालयन बैंक लि. को सेवा पनि फितलो ।
इन्भेष्टमेन्ट बैंकको सेवा पनि चुस्त ।
कञ्चन डेभलपमेन्ट बैंक लि. को सेवा पनि चालु ।
कृषि विकास बैंक लि. ले पनि सेवा दिदै ।
कुमारी बैंकको सेवा पनि चुस्त ।
माहालक्ष्मी विकास बैंक लि. को सेवा पनि चुस्त ।
माछापुच्छ्रे बैंक लि. ले पनि सेवा दिदै ।
एनसिसि बैंक लि. को सेवा पनि प्रभावकारी देखिएन ।
सनराईज बैंक लि. ले पनि सेवा दिदै ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्