अश्लिल भिडियो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरका एक युवक पक्राउ

युवक पक्राउ
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २८ ।
अश्लिल भिडियो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कैलालीका एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट आफ्ना साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका हुन् ।

जिल्लाको गौरिगंगा नगरपालिका वडा नं. ९ शंकरपुर बस्ने बर्ष १९ कि लक्ष्मी देउवाको फेसबुक आईडीबाट निजका आफन्त तथा साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरेको कारण देउवाले धनगढी उपमहानगरपालिका वडा नं. ६ जाली स्थित सुकुटी नालामा झुण्डी आत्म हत्या गरेकी थिईन । सोही सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न कन्चनपुर जिल्लाका बेलौरी नगरपालीका वडा नम्बर ७ बस्ने वर्ष २३ को सन्तराम चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पक्राउ परेका चौधरीको साथबाट उक्त अश्लिल भिडियो, फोटा, र फेसबुक आईडी लगईन अवस्थामा फेलापारी सो मोबाईल बरामद गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्