कैलालीमा आजबाट बैंकिङ्ग सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकको निर्देशन, कस्ता छन् सर्तहरु ?

Nepal Rastra Bank
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २७ ।
कैलालीमा आजदेखि सबै बैँकहरुले सेवा सञ्चालन गर्ने भएका छन्। प्रदेशको अस्थायी राजधानी धनगढी सहित सबै ठाउँमा रहेका बैँकहरुले आ–आफ्नो शाखाबाट सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकले निर्देशन दिएको हो ।

आजदेखि बैङकहरु खुल्ला रहने तर बैँकहरुले सिमित बैङकिङ कारोबार मात्र गर्ने बैँकर्स क्लब धनगढीका अध्यक्ष धर्मकुमार विष्टले बताउनुभयो। उहाँले भन्नुभयो, बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म खुल्ने बैँकबाट ग्राहकले नगद कारोबार गर्न पाउनेछन्। त्यसका लागि बिहान ११ देखि दिउँसो १ बजे सम्मको समय तोकिएको छ। नगद कारोबार बाहेकका अन्य सेवा भने तत्कालका लागि भने बन्द रहनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्