जनताको जिवनसँग खेलवाड गर्ने जो कोहि होस् कानुनको कटघेरामा उभ्याउनुपर्छः नारदमुनि राना

नारदमुनि राना
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १ ।
धनगढी उपमहानगरपालिकामा वितरण गरिएको चामल गुणस्तरहिन भेटिएप्रश्चात जनताको जिवनसँग खेलवाड गर्ने आपुर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई गरिएको २ लाखको जरिवाना प्रयाप्त नभएको कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित सांसद तथा प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले बताउनुभयो । रेडियो कार्यक्रम कालोपाटीमा बोल्दै रानाले उक्त कार्य निन्दनिय भएको र जिम्मेवार जो कोही भएपनि आवश्यक छानबिन गरि कारबाहीको प्रक्रिया अगाढी बढाउने बताउनुभएको छ ।

विश्वभरी कोरोना भाइरसको माहामारी फैलिरहेको बेला आफ्नो स्वार्थपुर्तिकालागि जनताको जिवनसँग खेलवाड जस्तो अपराध गर्ने छुट कसैलाई पनि छैन । तर धनगढी उपमहानगरपालिकामा जुन किसिमको हर्कत भएको छ यदी नियतबस भएको हो भने सम्बन्धित निकाय जिम्मेवार हुनैपर्छ र कारबाहीको भागिदार बन्नुपर्छ, रानाले भन्नुभयो । त्यस्तै रानाले यस्तो मानविय त्रुटी अक्षम्य अपराध भएको र आगामी दिनमा यसप्रति सबै नेपाली जनता सचेत हुनुपर्ने र आफुले पनि यसप्रति गहन रुपमा लागि पर्ने बताउनुभयो ।

राहतमा खाद्यान्न भन्दा नगद नै दिनुपर्ने कुरामा जोड दिदै सांसद रानाले भन्नुभयो, राहतमा खाद्यान्न भन्दा नगद नै दिनु सबैभन्दा पारदर्शी र उपयुक्त हुने थियो तर खाद्यान्न नै दिने भएपनि गुणस्तर र सबैको पुहँचमा पुग्ने गरि दिनुपर्ने हो ।

जनताको सवालमा चिन्ता व्यक्त गर्दै सांसद रानाले नेपाल कोरोनाको संकट बाट मुक्त भई नसकेको र दिनप्रतिदिन कोरोनाको संक्रमण बढ्दै गइरहेका बेला सबै सचेत हुन आग्रह गर्नुभएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्