धनगढीमा गुणस्तरहिन राहत वितरणः छानविन गर्दै अख्तियार

कञ्चनपुर
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ०१ ।
धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले विभिन्न सञ्चारमाध्यममा आएको समाचारलाई आधार बनाएर छानविन गर्ने जनाएको हो। कार्यालयका सूचना अधिकारी टोपवहादुर विष्टले समाचारलाई आधार बनाएर उजुरी कायम गर्दै छानविन गरिने बताए।

‘धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल खरिद गरेको गुनासो आएको छ । चामल खरिदमा अनियमितता भएको आशंका पनि गरिएको छ। हामी उजुरी कायम गरेर छानविन गर्छाै।’ सूचना अधिकारी विष्टले भने।

उनका अनुसार खरिद प्रक्रियामा संग्लन उप–महानगरपालिकासंगै सबै निकायमाथि छानविन हुने बताए। धनगढी उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीकै ठाकुर ट्रेडलाई ठेक्का दिएको थियो।

ठेक्कामा मिलोमतो भएको आशंका गरिएको छ। सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए। बोलपत्र दर्ताको समय नसकिदै र मुल्याङकन समेत नगरी उप–महानगरपालिकाले ठाकुर ट्रेड लिंकको बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको छ।

उप–महानगरपालिकाले बैशाख ११ गते बोलपत्र आह्वान गरेकोमा दर्ताको समय १४ गते १२ बजे सम्म राखेको छ । १४ गते सम्म बोलपत्र दर्ताको समय भएपनि उप–महानगरपालिकाले भने १२ गते नै ठाकुर ट्रेड लिंकको बोलपत्र मुल्याङकनमा सफल भईसकेको भन्दै स्वीकृतका लागि टिप्पणी उठाएको छ ।

१३ र १४ गते मध्यान्न १२ बजे सम्म पनि सप्लायार्सले बोलपत्र दर्ता गर्न सक्ने समय भएपनि १२ गते नै ठाकुर ट्रेडको बोलपत्र स्वीकृतीका लागि टिप्पणी उठाएको खुलेपछि ठेक्कामा मिलोमतो भएको आशंका बढेको छ। 

१२ गते नै धनगढी उप–महानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्ण प्रशाद जोशी, खरिद इकाई प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई टिप्पणी उठाएर स्वीकृतीका लागि पेश गरेका छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्