‘भारतको दादागिरीविरुद्ध हामीले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्छ, मिचिएको भूमी हाम्रो हो’: नेता भट्ट

मनोज भट्ट
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २८ । राष्ट्यि जनमोर्चाका नेता मनोज भट्टले लामो समयदेखि रहँदै आएको विवादकै बिच भारतले नेपाली भुमिमा गरेको हर्कत नेपालको सार्वभौमसत्तामाथीको नांगो हस्तक्षेप रहेको बताउनुभएको छ । कालोपाटीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

वि.सं १९९१ देखि भारतले लिपुलेकलाई त्रिदेशिय नाका बनाउने पहल गर्दै आएको थियो । लिपुलेकसँग नेपाल, चिन र भारत तिन देशकै सिमाना जोडिएको हुँदा लिपुलेक प्रवेश गर्न वा कुनैपनि गतिविधि चाल्न तिन देशकै सहमति आवश्यक हुनुपर्ने बेला भारतले एकलौटी रुपमा चालेको पहल मान्य नहुने भट्टले बताउनुभयो ।

अहिले भारतले गरेको हस्तक्षेप र सृजना भएको सिमाविवादमा तत्काल नेपालले उक्त क्षेत्रमा बन्दै गरेको सडक निर्माणको काम रोक्नुपर्छ । भारतले मिचेको भूमि हाम्रै हो । पछिल्लो समय नेपालको सार्वभौम सत्तामाथि बढ्दै आएको भारतिय दादागिरी र हस्तक्षेपका विरुद्धमा अन्तराष्ट्यि अदालतमा पुग्नुपर्छ, भट्टले भन्नुभयो ।

कालोपाटी कार्यक्रम प्रत्येक दिन बिहान ७ः३० देखि ८ः३० बजेसम्म रेडियो धनगढी, रेडियो अर्थ सरोकार र सुदूरपश्चिमका विभिन्न रेडियोबाट एकसाथ बज्ने गर्दछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्