भुषाल मृत्यु प्रकरणः प्रशासनको मौनताको प्रश्न खोज्दै स्थानिय

bhushal hatya
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २८ ।
निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद भुषाल मृत अवस्थामा फेला परेको १८ दिन बितिसक्दा पनि घटनाको निक्र्योल भने अझै हुन सकेको छैन । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव फेला परेको थियो ।

गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव यहि बैशाख ११ गते राति घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिममा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा उनको आँखा, मुख र घुँडामा चोट देखिएको र उक्त घटना हत्या हुनसक्ने बताईएको थियो । अनुसन्धानका लागि पाँच जनालाइृ प्रहरिले नियन्त्रणमा लिएको भएतापनि अझैसम्म उक्त घटनाको बारेमा ठोस पहल भने चालिएको छैन ।

लगातार घटनाको बारेमा छानबिन गरि दोषिलाई कारबाही र पिडितलाई न्याय दिलाउनका लागि आफन्तले विरोध स्वरुप पदर्शन पनि गर्दै आएका छन् । तर पनि घटनाको बारेमा प्रहरीले गर्ने अनुसन्धान भने दिनप्रतिदिन सुस्ताएको छ । आजपनि मुतक भुषालका आफन्तले विरोध स्वरुप घटनाको छानबिन र हत्यारा पत्ता लगाउन दबाब सृजना गरेका छन् ।

घटनाको अनुसन्धानमा भएको ढिलासुस्तिका कारण उक्त घटनामा प्रशासनको मिलेमतो भएको स्थानियले आरोप लगाएका छन् । निरन्तर न्यायका लागि आवाज उठाउँदा पनि न्यायका लागि उठेका आवाजलाई प्रशासनले वेवास्ता गरेको छ । प्रहरी प्रशासनले घटनाको छानबिनमा न सक्रीयता देखाएको छ न अनुसन्धानलाई तिब्र पारेको छ, उनिहरुले भने ।

आइतबार रहस्यमय तरिकाले कृष्ण प्रसाद भुसालको हत्या भएको भन्दै हत्यारा पत्ता लगाई हदैसम्मको कारबाहीको माग गर्दै स्थानिय आन्दोलित भएका छ्न् । स्थानियले पुर्बपश्चिम राजमार्ग अन्तर्गत कैलालीको मसुरिया सडकखण्ड अवरुद्ध पारेका छन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्