Skip to content

मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा रकम जम्मा गर्ने भएका छन् । त्यसका लागि सोमबार बैठक बसेर नै निर्णय गरिएको विश्वविद्यालयका रजिष्ट्रार डा। अर्जुन बहादुर अयडीले बताए ।

उनका अनुसार, विश्वविद्यालय र मातहतका निकायहरूमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूबाट भदौ महिनाको मासिक तलबरपारिश्रमिक भुक्तानी गर्दा कट्टा हुनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्न निर्णय भएको छ ।

जस अनुसार, उपकुलपति र रजिष्ट्रारले १ महिनाको तलब बराबरको रकम, डिन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन प्रमुखले मासिक सुरु तलब स्केलको १५ दिन बराबरको रकम जम्मा गर्नेछन् ।

यस्तै, प्राध्यापक तथा सह–प्राध्यापक वा सो सरहका शिक्षक तथा कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिनको तलब, उप–प्राध्यापक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीले ७, मुख्य–सहायक, सहायक प्रशिक्षक, सहायक वा सो सरहका कर्मचारीले ५ दिनको तलब कोषमा जम्मा गर्नेछन् ।

यस्तै, श्रेणीविहीन कर्मचारीले २ दिनको तलब जम्मा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार