काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजार १०० रुपैयाँले बढेको हो ।
त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्