काठमाडौं । सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले आगामी असोज २६ गते काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदनका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सो अवधिको वित्तीय विवरण पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । साधारण सभाबाट आवश्यक प्रस्ताव पारित भएपछि कम्पनीले नियामकीय प्रक्रिया पूरा गर्दै आईपीओ निष्कासनको तयारीलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्