काठमाडौँ । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ । जमिन गलेपछि घरभन्दा तल पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।
सोमबार बिहान सोवितकुमार थापाको घर ढलेको हो । जोखिम आकलन गरेर सो घरमा बस्ने परिवारलाई हिजो त्यहाँबाट सारिएको हुनाले मानवीय क्षति नभएको एसपी मिश्रले बताए ।
असोज ९ देखिको लगातार वर्षाका कारण जमिन गलेपछि घर ढलेको हो । वर्षा आइतबार साँझदेखि रोकिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्