काठमाण्डौ । आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का दीपबहादुर तामाङ रहेका छन् । उनले ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा नीम एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
दीपबहादुरले जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड १ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । ललितपुर–५ बाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्