Skip to content

‘देश विकास हुन नदिनेहरूले हाम्रो अभियान रोक्ने प्रयास गरे’ : अध्यक्ष ओली

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । मनोनीत केन्द्रीय सदस्यहरूको सपथ ग्रहण समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्ग रहेसम्म वर्गसंघर्ष रहिरहने भन्दै सुरक्षा, समृद्धि र सम्मान हासिल गरेर सुखी नेपाली बनाउन सकिने बताए ।

‘गरिबी हटाउन नसकिने विषय होइन, विभिन्न देशहरूले गरिबी हटाएर व्यवहारिक रूपमा गरिबी निवारणका उपलब्धिहरूको तहमा समाजलाई उठाइसकेका छन्’, ओलीले भने, ‘चरम गरिबी कतिपयले हटाइसकेका छन् । हाम्रो देशमा पनि हामीले लगभग चरम गरिबी हटाइसकेका थियौँ । तर, देशलाई विकास हुन नदिने तत्त्वहरूले हाम्रो अभियानलाई रोक्ने प्रयास गरे ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले जिम्मेवार राज्य र जिम्मेवार अर्थतन्त्रको पक्षमा एमाले रहेको भन्दै कोही पनि पछाडि नपरोस् भन्ने अभियान असाधारण रहेकाले पार्टीका विचार उन्नत र सामाजिक रहेको दाबी गरे ।

‘महान् योगदानको सारसंक्षेप नै ‘परिपूर्ण लोकतन्त्र’ भनेको हो । त्यसैले जिम्मेवार सरकार हुनुपर्छ जसको कोही पनि छैन त्यसको सरकार छ भनेका हौँ’, ओलीले भने, ‘यस्तो महान् उद्देश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार