Skip to content

यस वर्षको दशैंमा जमरा राख्ने साइत असोज २५ गते बिहान ११ः ४७ बजे

कालोपाटी

३८ मिनेट अगाडि

काठमाडौं । यस वर्षको बडादशैंअन्तर्गत घटस्थापना तथा जमरा राख्ने शुभ साइत असोज २५ गते आइतबार बिहान ११ः४७ बजे परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको साइतअनुसार असोज २५ गतेबाट विधिवत् रूपमा नवरात्र आरम्भ हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापना गरी विधिपूर्वक जमरा राख्ने तथा नवदुर्गाको पूजा–आराधना सुरु गर्ने परम्परा छ।

यस दिन आश्विन शुक्ल प्रतिपदा परेको छ । पञ्चाङ्गअनुसार असोज २५ गते चित्रा नक्षत्र र वैधृति योग रहेको छ। समितिका अनुसार चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअघि सम्बन्धित शान्ति गर्नुपर्ने हुन्छ।

घटस्थापनाका दिन घर तथा पूजा कोठामा विधिपूर्वक कलश स्थापना गरी जौ छरेर जमरा राखिन्छ। त्यससँगै नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गरिने नवरात्र सुरु हुन्छ।

यस वर्ष असोज २५ गतेदेखि सुरु हुने नवरात्रमा असोज ३१ गते फूलपाती, कात्तिक १ गते महाअष्टमी, कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते बुधबार विजयादशमी मनाइनेछ।

विजयादशमीका दिन मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने मुख्य साइत भने कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको समितिले जनाएको छ।

यसरी असोज २५ गते बिहान ११ः४७ बजेको घटस्थापनासँगै यस वर्षको बडादशैंको औपचारिक सुरुवात हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार