काठमाडौँ । सरकारले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको भन्ने हल्ला पूर्णतः भ्रामक र निराधार रहेको दाबी गरेको छ।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरीभित्रको आन्तरिक सूचना चुहावटको विषयलाई लिएर बाहिर गलत हल्ला फैलिएको बताए ।
प्रवक्ता पोखरेलले प्रहरी संगठनभित्रको आन्तरिक र संवेदनशील सूचनाहरू चुहावट भएको विषयमा प्रहरीले आफ्नै आन्तरिक संयन्त्रमार्फत सामान्य जाँचबुझ र सोधपुछ मात्र गरेको प्रस्ट पारे । प्रधानमन्त्रीज्यूले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने कुरा हुँदै नभएको र भ्रामक सूचना हो,उनले भने, यो सूचना कहाँबाट कसरी चुहावट भयो भनेर प्रहरीले गरेको सामान्य आन्तरिक सोधपुछ मात्र हो
पत्रकार सम्मेलनमा प्रवक्ता पोखरेलले मिडियाकर्मी वा कुनै पत्रकारलाई पक्राउ गर्न सरकार वा प्रधानमन्त्रीको तर्फबाट कुनै निर्देशन नदिइएको समेत दाबी गरे ।
बरु प्रहरीले सूचना चुहावटको सोधपुछका क्रममा कसैलाई नियन्त्रणमा लिएको भए पनि तुरुन्त रिहा गर्न प्रधानमन्त्रीबाट निर्देशन भएको उनले बताए । कुनै किसिमको हिरासतमा राख्ने भन्दा पनि सोधपुछ गर्ने काम मात्र भएको हो, नियन्त्रणमा रहेको भए तुरुन्त रिहा गर्नु भन्ने कुरा प्रधानमन्त्रीज्यूबाटै भएको हो, उनले भने ।
सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्ने आरोपको खण्डन गर्दै प्रवक्ता पोखरेलले नेपालको संविधानले मिडियालाई दिएको अधिकारप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्