काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टोलीबीच दोस्रो क्वालिफायर यात्राका लागि आमने(सामने हुनेछन् ।
यी दुई टोलीबीचको विजेताले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्ससँग फाइनल यात्राका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ । हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधि रक्षाका लागि लुम्बिनी लायन्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
इलिमिनेटर पुग्ने यी दुई टोलीमा काठमान्डु गोर्खाज अंक तालिकाको तेस्रो स्थानमा छ भने चितवन राइनोज चौथो स्थानमा छ ।
काठमान्डुले सात खेल खेलेकोमा ४ मा जित र ३ मा हार बेहोर्दै अंक तालिकाको तेस्रो स्थान सुरक्षित गर्दै प्लेअफमा पुगेको हो ।
चितवन राइनोज भने ७ खेलमा तीनमा जित,तीनमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाडेर प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्