काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुर बस्दै आएका छत्र बोगटी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।
मंगलबार भक्तपुरबाट पक्राउ परेका उनीविरुद्ध वैयक्तिगत गोपनियताअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
बोगटीले ४९ वर्षीया महिलाको भिडियो सार्वजनिक गरेका थिए । उक्त महिलाले गृहमन्त्री गुरुङ आफ्नो छोरा रहेको बताएकी थिइन् । त्यो भिडियो सामाजिक सञ्जालमा भाइरले भएको थियो ।
पछि ती महिलाले आफ्नो अनुमति नदिई भिडियो खिचेर वैयक्तिक गोपनियता विरुद्धको काम गरेको भन्दै उजुरी दिएको प्रहरीले बताएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्