Skip to content

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.०५ अङ्कले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको छ । हिजो नेप्से १२ अङ्कले ओरालो लागेको थियो ।

आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह साढे २ प्रतिशतले ओरालो लागेको छ ।

आज २०० वटा कम्पनीको शेयर घटेकोमा ६९ वटाको बढेको छ । १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज एभरेस्ट कलरको शेयर ८,६३ प्रतिशतले घटेको छ । सानिमा लार्ज क्याप फन्डको शेयर ३.२६ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीको १ करोड १ लाख कित्ता शेयर ४ अर्ब १५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार