Skip to content

शेख हसिनाको स्वदेश फर्किने घोषणालाई लिएर बंगलादेशमा फेरि तनाव चर्कियो

कालोपाटी

९ मिनेट अगाडि

पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणासँगै बंगलादेशमा फेरि राजनीतिक तनाव चर्किएको छ ।

हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आज देशव्यापी बन्द आह्वान गरेपछि सुरक्षा सतर्कता बढाइएको छ । बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारका अनुसार हसिनाको सम्भावित आगमनलाई लिएर देशका विभिन्न ठाउँमा हिंसात्मक घटना बढेका छन् ।

एक हप्ताको समयमा २१ जिल्लामा बम विस्फोट र आगजनीका घटना भएका छन् । गोपलगञ्जलगायतका क्षेत्रमा अवामी लिगका समर्थक र सत्तारुढ बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० का कार्यकर्ताबीच झडपसमेत भएका छन् ।

चटगाउँको मोहम्मद युनुसको पैतृक घरमा नचिनेको मान्छेको समूहले आगजनी भएको छ । अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।

सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना अहिले भारतमा बस्दै आउनु भएको छ । अर्को डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरपछि राजनीतिक तनाव बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार