प्रभु बैंकले ल्यायो नयाँ सेवा सञ्चालनमा, मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै मेशिन Cash Recycle Machine (CRM)  बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त सुविधा श्रावण २२ गते शुक्रबारको दिनदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । मेशिन  (Cash Recycle Machine) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।
मेशिन  Cash Recycle Machine बाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं.  टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा/राख्ने  बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै  (Real Time)  उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट/भौचर प्रिन्ट हुन्छ । साथै उक्त मेशिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । बैंकबाट सञ्चालनमा ल्र्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । नेप्स  (Nepal Electronic Payment System) सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईने भएको छ ।
बैंकले औपचारिक रुपमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ । यसबाट ग्राहकहरुको समयको बचत हुनेछ, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले यो नबिनतम् सेवा उपभोग गरी भई लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्