Skip to content

महन्थ ठाकुरको पार्टीको नाम अब “लोकतान्त्रिक समाजवादी पार्टी”

कालोपाटी

४ वर्ष अगाडि

४ भदौ, काठमाडौं । महन्थ ठाकुर पक्षले  पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको छ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो।

कार्यकारिणी समिति ३१ सदस्यीय बनाइएको छ भने शरतसिंह भण्डारीलाई पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सरह वरिष्ठ नेतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्