आयोजना निर्माणका लागि आवश्यक सामग्री हेलिकोप्टरमार्फत ढुवानी

Ad
  • कालोपाटी सम्बाददाता

रुकुम । आयोजना निर्माणका लागि आवश्यक सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।

सडक सञ्जाल, विद्युत्, सञ्चारको सेवाबाट टाढा रहेको गाउँपालिकाभित्रकै दुर्गम क्षेत्र सिस्नेको १ नम्बर वडामा निर्माण गर्न लागिएको ४६ किलोवाटको पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।

भौगोलिक हिसाबले विकट सडक सञ्जालमा नजोडिएको त्यस क्षेत्रमा विद्युत् आयोजना निर्माणका लागि ठूला सामान ढुवानी गर्ने अन्य कुनै माध्यम नभएपछि हेलिकोप्टरमार्फत सामान पु¥याइएको हो । केही समयअघि नै बुटवलबाट रुकुमकोटमा आएर थन्किएका ती सामान सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाखाओरालीमा पु¥याइएको हो ।

वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीका अनुसार रुकुमकोटबाट चारवटा पेनस्टक पाइप, तीनवटा ट्रान्सफर्मर हेलिकोप्टरमार्फत सिस्ने पु¥याइएको छ ।सिस्नेमा पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणको काम आर्थिक वर्ष २०७५-७६ मा सुरु भएको थियो ।

यस आयोजनाको काम गत आर्थिक वर्ष २०७७-७८ मै सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।  समयमै काम सम्पन्न गर्न नसकेपछि एक वर्ष म्याद थप गरी काम अगाडि बढाइएको र यसै आर्थिक वर्षभित्र काम सक्ने लक्ष राखिएको प्रवक्ता केसीको भनाइ छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्