मुस्ताङ । आइतबार दिउँसो मुस्ताङको मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको र हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् ।
प्रहरिका अनुसार हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका छन् । हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डीएसपी दानीले बताएका छन् । नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।
हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भने भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्