काठमाडौँ । नेपालमा बुधबार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ३ सय ३३ पिसिआर परिक्षणका क्रममा २०९ जना र १ हजार १ सय ७५ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार १ सय ७५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ११ हजार ५ सय ९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय ५३ संक्रमित निको हुँदा हालसमम नेपालमा ८ लाख ११ हजार ५ सय १८ जना निको भएका छन् । हाल ४ हजार ८ सय ६४ सक्रिय संक्रमित आइशोेलेशनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्