दोलखा । जिल्लाको तामाकोशी गाउँपालीका झुलेमा रहेको जनप्रभात मा.वि. परिवारले बालक रामलाल तामाङलाई २२ हजार ५०० रुपियाँ सहयोग गरेको छ । बालक तामाङको बुबा आमा सहित ५ दिने नावालक बहिनी कोइला बाल्दा निसास्सिएर मंसिर १४ गते राती दुखद निधन भएको थियो । बाबुआमाको न्यानो काखबाठ बञ्चित भएका तामाङ सो विद्यालयको कक्षा १ मा अध्यन गर्दछन् ।
तमाङको उच्चशिक्षा तथा संरक्षकका हेतुले विद्यालय परिवारबाट रकम संकल गरि तामाङको नाममा लक्ष्मी बैंक चरिकोट शाखाको खाता मा पैसा जम्मा गरि विद्यालयले मानवीय सहयोगको सुरुवात गरेको छ । कलिलो उमेरमै बाबुआमा गुमाएका बालकको घाउका मलमपट्टिलगाई उसको सार्थक जीवन बनाउन सहयोग गरिदिन इच्छुक व्यक्तिलाई विद्यालयले अपिलसमेत गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्