काठमाडौँ । माउन्टेन बाइक राइडर मंगल लामाले अत्यन्त कठिन उच्च उचाईमा शोलो माउन्टेन बाइक राइड गर्ने भएका छन् । लामाले बुधबार पत्रकार सम्मेलन गर्दै उच्च उचाईमा ’जीएचटी अन व्हिल’ नामक शोलो माउन्टेन बाइक राइड गर्ने जानकारी गराएका हुन् । जीएचटी अन व्हिल राइड १६०० किमीको हुने उनको भनाई छ ।
लामाको राइड अप्रिलको पहिलो हप्ताबाट सुरु हुनेछ । जुन कञ्चनजङ्घा हिमालको आधार शिविरबाट सुरु हुनेछ । राइड हुम्लाको हिलस्सा पुगेर टुंगिने लामाले बताए । माउन्टेन बाइक राइडका लागि स्पन्सर खोजिरहेको उनले बताए ।जीएचटी अन व्हिलको कुल बजेट ८० लाख रहेको बताईएको छ । जीएचटी अन व्हिलको मुख्य उदेश्य देशको उदाउदो पर्यटन क्षेत्रको विकास, प्रवर्दन र संरक्षणमा योगदान पुर्याउनु रहेको रहेको बताइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्