विराटनगर । मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू भटिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा रहेको एक एक फर्ममा बर्ड फ्लू देखिएको हो ।
ग्रामथान गाउँपालिका १ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट गरिएको छ । थप दुई स्थानमा पनि बर्ड फ्लूको आशंका गरिएको छ ।ग्रामथान(१ मै रहेको थप एक कृषि फर्म र कटहरी गाउँपालिका–७ मा रहेको फर्मका कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको हो । ती स्थानमा रहेका कुखुराको जाँच गरिएको छैन ।
बुढीगंगामा रहेको फर्मममा पाँच हजार कुखुरामध्ये तीन हजार ५०० कुखुरा मरेपछि जाँच गर्दा बर्ड फ्लू देखिएको थियो । ग्रामथान गाउँपालिका–१ का वडाध्यक्ष नमोनारायण माझीले बर्ड फ्लू देखिएपछि लेयर्स कखुराको फर्ममा रहेका कुखुरा नष्ट गरिएको बताए ।
बढीगंगा गाउँपालिका(५ का अध्यक्ष रमेश खनालले आफ्नो वडामा रहेको एउटा कृषि फर्ममा बर्ड फ्लू देखिएको जानकारी दिए । बर्ड फ्लू देखिएपछि स्थानीय प्रशासनले कुखुरा र पन्छीको आयात निर्यातमा कडाइ गर्ने तयारी गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्