काठमाडौं । नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ३३ पिसिआर परिक्षणका क्रममा २ सय ७५ जना र ३ हजार ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना कारण ११ हजार ९ सय १३ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ हजार ४ सय ५४ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ४८ हजार ७ सय ८४ जना निको भएका छन् । हाल नेपालमा १४ हजार ४ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्