Skip to content

अभियान लघुवित्त वित्तीय संस्थाद्दारा नारी दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

कालोपाटी

४ वर्ष अगाडि

काभ्रे । अभियान लघुवित्त वित्तीय संस्थाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । “वित्तीय साक्षरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा सात वटै प्रदेशमा रहेका आफ्ना शाखा मार्फत ग्रामीण भेगमा केन्द्रीत भई बचत, कर्जा, उद्यमशीलता, वित्तीय अनुशासन, पारिवारिक बजेट सम्बन्धी जानकारी गराएको हो ।

कार्यक्रमबाट ग्रामीण भेगमा रहेका विपन्न वर्गका समुदाय लाभान्वित आपेक्षा राखेको छ । संस्थाले यो कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाउने जनकारी दिएको छ ।  हालै मात्र मुक्तिनाथ क्यापिटलसँग साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता गरेको संस्थाले नेपालभर ६० वटा शाखा कार्यालय मार्फत विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी बचत संकलन तथा कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्