लमजुङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार गाउँपालिकामा नौ हजार २९, दूधपोखरीमा आठ हजार ८८८, दोर्दी गाउँपालिकामा १५ हजार ८४, बेँसीशहर नगरपालिकामा २६ हजार २०७ जना मतदाता छन् ।
मध्यनेपाल नगरपालिकामा २० हजार ९२, मस्र्याङ्दी गाउँपालिकामा १५ हजार १४०, राइनास नगरपालिकामा १५ हजार ९८९ र सुन्दरबजार नगरपालिकामा २० हजार ७९६ जना मतदाता छन् । जिल्लामा १२३ मतदानस्थल र १८२ मतदात केन्द्र छन् । निर्वाचन कार्यालयले लमजुङका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले लमजुङको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश शिवप्रसाद खनाललाई तोकेको छ ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख निर्वाचन अधिकृत सिर्जना मिश्रका अनुसार विसं २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा जिल्लामा कूल एक लाख ५ हजार ९९२ मतदाता थिए । विसं २०७७ पुस ५ गते प्रकाशित नामावली एक लाख २२ हजार ८०६ थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्