काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएका छन् । टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो ।मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो ।
टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनका एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेका थिए । उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जानकारी दिए ।
वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ । जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पतालले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्