विराटनगर । लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश नं. १ मा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल संवाद कार्यक्रमको आयोजना हुने भएको छ । प्रदेशको मुख्य सहर विराटनगरको उद्योग संगठन मोरङमा सोमबार उक्त कार्यक्रम आयोजना हने भएको हो ।
सातै प्रदेशमा आयोजना भइरहेको ‘इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट पावर्ड बाई यार्साल्याब’ र ‘ह्वावे डिजिटल प्रदेश संवाद’ कार्यक्रममा आइटीका स्टार्टअप, इन्नोभेटर, उद्यमी, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधी, सरोकारवाला र बिद्यार्थीहरुको उपस्थिति रहनेछ । बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुने कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुनेछन् । विहान ११ बजेदेखि साँझ ४ बजेसम्म स्टार्टअप, इन्नोभेसन तथा आइडिया प्रदर्शनीको कार्यक्रम रहनेछ भने छुट्टै हलमा १२ बजेदेखि ३ बजेसम्म आइडिया पिचिङ एन्ड मेन्टरिङ सेसन सञ्चालन हुनेछ ।
त्यसैगरी बेलुकी ३ देखि ६ बजेसम्म डिजिटल प्रदेश संवाद कार्यक्रमको आयोजना हुनेछ । जसमा प्रदेश सरकारका मन्त्री, योजना आयोगका उपाध्यक्ष, स्थानीय जनप्रतिनिधि, सरोकारवाला र विज्ञहरु उपस्थिति रहन्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्