‘समृद्धिका लागि सबैको एकताबद्ध प्रयास आवश्यक छ’ : मुख्यमन्त्री पोखरेल

Ad
  • कालोपाटी सम्बाददाता

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन् । लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उनले, “हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो ।

नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस्,” भनेका छन् । लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बताएका छन् । ,

“वैशाख ११ गते सामान्य दिन होइन, २०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावले नेपालमा राजतन्त्रले घुँडा टेकेको दिन हो ।” आसन्न स्थानीय तहको निर्वाचनका साथै यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गर्न उनले आग्रह गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्