काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेदवारी दिने स्थानमा पुयाउन अपिल गरेका छन् । बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले काँग्रेसले जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा काठमाडौं महानगरपालिकामा महलिालाई मेयरमा उठाएको दाबी गरे ।
महामन्त्री थापाले कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए । महामन्त्री थापाले साना साना काठमाडौंवासीका समस्या समाधान गर्छु भनेर लाग्ने महिलालाई स्थान दिन चुकेमा काठमाडौंवासीले स्वच्छ, हराभरा र सुरक्षित काठमाडौंको कल्पना गर्न नसक्ने बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्