काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर बढ्दै गएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले बुधबार पनि बढेर नयाँ रकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ डलरको भाउ (बिक्रीदर) १२६ रुपैयाँ ७० पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १२७ रुपैयाँ ३० पैसा कायम भएको छ ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्