छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उदघाटन खेलमा नेपालले भुटानलाई ४–० को अन्तरले हराएको छ । नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले २-२ गोल गरे ।
नेपालको तर्फबाट सावित्राले दुवै हाफमा गोल गरिन् । खेलमा अनीता बस्नेतले दोस्रो हाफमा दुई गोल थपिन् । राष्ट्रिय टिममा पुनरागमन गरेकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेपछि नेपालले १–० को अग्रता बनाएको थियो । सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरे ।
पहिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्