पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताएकी छिन् ।

सञ्चारिका समूहको २६ औँ नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बतायिन् । मन्त्री शर्माले भनिन् , “सरकार पत्रकार महिलाका विषयमा गम्भीर छ, के गरेर सहयोग गर्न सकिन्छ, सल्लाह गरेर अघि बढाँै ।”

उनीले आमसञ्चार विधेयक सञ्चार मन्त्रालयले अधि बढाएर पत्रकारलाई तालिम दिनेखालको एकेडेमी निर्माण गर्ने र त्यसले महिलाको व्यावसायिकतामा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कानुनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले अवसर पाउने अवस्था नभएको उल्लेख गर्दै मन्त्री शर्माले महिलाको विकास भनेको समग्र मानवको विकास हुने बतायिन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिलालाई टिकाइरहनका लागि चुनौतीपूर्ण भएको उल्लेख गर्दै पत्रकार महिलालाई सक्षम बनाउनुपर्ने बताए  । उनले  पत्रकारिताका महिलालाई टिकाइरहनका लागि नेतृत्व तहबाटै पहल गर्न जरुरी रहेको आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष रमेश विष्टले महासङ्घ समावेशी संस्था भएको उल्लेख गदै महासङ्मा १७ प्रतिशत महिला भएको बताए  । उनले महिलालाई प्राथमिकतामा राखेर समान अवसर दिएको बताउँदै आगामी दिनमा पनि महिला पत्रकारलाई हरेक अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

क्रियाशील पत्रकार महिला ९डब्लु डब्लु जे०का अध्यक्ष संगीता लामाले महिला पत्रकारको हकहित र व्यावसायिक सुरक्षाका लागि काम गरिरहेकोप्रति खुसी व्यक्त गरिन्  ।

सञ्चारिका समूहका संस्थापक अध्यक्ष वन्दना राणाले धेरै दुःखले स्थापना गरेको संस्था यहाँसम्म आइपुग्दा धेरै काम भइरहेको र पत्रकार महिलाको अझ व्यावसायिकता विकास गर्नुपर्नेमा जोड दिए  ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकार महिला ८८ प्रतिशत अनलाइन हिंसामा परेको अध्ययनले देखाएको बताउँदै पत्रकार महिलाको व्यावसायिक र पेसागत सुरक्षा गर्नुपर्नेमा जोड दिए  ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्माले निर्णायक तहमा पत्रकार महिलालाई पु¥याउने, पत्रकारितामा महिलाको उपस्थित वृद्धि गर्ने र पेसागत सुरक्षामा ध्यान दिनुपर्ने बताए  ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष नितु पण्डितले पत्रकार महिलालाई जुनसुकै अवस्थामा पनि पेसागत र व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिए । समारोहमा सञ्चारिका अग्रणी सम्मानद्वारा रिना गुरूङ र सूर्यकुमारी पन्त, समानता पुरस्कार सिर्जना खड्का (रू २० हजार), उमासिंह पत्रकारिता पुरस्कार रिना थापा (रू १० हजार) र प्रोत्साहन पुरस्कार निशा श्रेष्ठ र ज्ञानु घिमिरेलाई ९रू १०÷१० हजार० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदान गरे  ।

पुरस्कृत व्यक्तित्व सिर्जना खड्काले पुरस्कारले आगामी दिनमा कलम चलाउनका लागि थप प्रोत्साहन गरेको महसुस भएको सुनायिन्  ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्