काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ । धर्मका बारेमा मन्त्री किराँतीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको भन्दै राप्रपा काठमाडौँ क्षेत्र नम्बर-४ ले शुक्रबार काठमाडौँको गौशालामा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर लगायतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा राप्रपा काठमाडौँका अध्यक्ष नवराज सिंखडाले मन्त्रीको अभिव्यक्तीमा भएका कुरा ८१ प्रतिशत हिन्दुको भावना विपरित भएको बताएका छन् । राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको माग सहित राप्रपाले आन्दोलन गरेको उनले बताएका छन् ।
मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्