काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका छन । मोरङको मिक्लाजुङमा माओवादीले (आज) शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काम नगर्ने मन्त्रीलाई फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने जनाएका छन् । आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री दाहालले पुस ११ गतेबाट नयाँ ढंगले जनताका काम गर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै लाभाखोला वृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने उनको प्रतिबद्धता रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्