काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३६ करोड ६० लाखमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार ४ सय ९२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी नाफा अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
यसैगरी सेयर बजारमा दोर्दी खोला जलविद्युतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले घटेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल


प्रतिक्रिया दिनुहोस्