साताको  कारोबारको अन्तिम दिन ३.९४ अंकले घट्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको  कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजारमा मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ बिन्दुमा पुगेको हो ।

 

आज नेप्सेमा कुल ३ सय ४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजारमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको २८ करोड ६७ लाख २६ हजार ५ सय २९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी सामलिङ्ग पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी, सेयर बजारमा सिटिजन मिउच्ल फण्ड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्