काठमाडौँ । साताको कारोबारको छैठौँ दिन (आज) शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १५ हजार ९५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११९२ रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्