काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सयमाथिको सेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ४ करोड ९ लाख ७६ हजार २ सय ५२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी बोट्लर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।
त्यसैगरी, सेयर बजारमा समलिङ पावर कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ८.२१ प्रतिशलले घटेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल


प्रतिक्रिया दिनुहोस्