सुनको मूल्यले बनायो बुधबार पुन:नयाँ रेकर्ड, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले बुधबार पुन:नयाँ रेकर्ड बनाएको छ ।  कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर पुन:नयाँ रेकर्ड बनाएको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ५ हजार ८ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ५ हजार ३ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२३४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्