काठमाडौँ । रुकुमपश्चिमको एउटा स्वास्थ्य चौकीमा गर्भवती र एक कुरुवालाई नि:शुल्क खानाको व्यवस्था गरिने भएको छ । मुसिकोट नगरपालिका-११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक कुरुवालाई नि:शुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको हो ।
स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले खाना खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने बताएका छन् । उनी मुसिकोट-११ का वडाध्यक्षसमेत हुन् । ‘गर्भवतीलाई घरबाट खाना बोकेर ल्याउन समस्या हुने भएकाले सहजताका लागि स्वास्थ्यचौकीमै नि:शुल्क खानाको व्यवस्था गर्न लागिएको हो’, उनले भेन ।
सुत्केरीका लागि नगरपालिकाले एम्बुलेन्सको समेत नि:शुल्क व्यवस्था गरेको भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्