सिजन सुरु भएसँगे आँपको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज आँपको मूल्य बढेको छ । मंगलबार आँपको मूल्य २० रुपैयाँले बढेर न्युनतम २ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

समितिका अनुसार आजभारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १८ रुपैयाँ, सानो गोलभेडा टनेल ३६, भारतीय सानो गोलभेडा २५ रुपैयाँ र सानो गोलभेडा तराई २५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ, रातो आलु मुडे ५० रुपैयाँ र सेतो आलु ४४, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, बन्दा लोकल ३० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली ज्यापु ५० रुपैयाँ, सेतो मुला हाइब्रिड २५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ५०, मकै बोडी ७०, मटरकोशा १ सय ८० रुपैयाँ, लोकल घ्यु सिमि ७०, हाइब्रिड घ्यु सिमि ७०, राजमा १ सय ३०, भटमासकोसा १ सय ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आज तितो करेला ३०, लौका ५०, लोकल परवर ७० रुपैयाँ, परवर तराई ६० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी २५, सखरखण्ड ७० रुपैयाँ, रायो साग २० रुपैयाँ, पालुंगो साग १ सय ३० रुपैयाँ, चम्सुरको साग १ सय २० रुपैयाँ, तोरीको साग २० रुपैयाँ र मेथीको साग १२०, हरियो प्याज ८०, कन्य च्याउ १ सय  ३०, डल्ले च्याउ २ सय  ८०, कुरिलो ३ सय, न्युरो ८० रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यसैगरी ब्रोकाउली ८०, चुकन्दर ६०, सजीवन ९०, रातो बन्दा ५०, जिरीको साग ७०, सेलेरी १ सय २०, पार्सले २ सय ५०, सौफको साग १ सय २०, पुदिना १ सय ५०, गान्टे मुला ७०, इमली १ सय ५०, तामा १सय, तोफु १ सय ५०, गुन्द्रुक २ सय ५०, अदुवा २ सय ६०, सुकेको खुर्सानी ४ सय, हरियो खुर्सानी ८०, खुर्सानी हरियो बुलेट ९०, खुर्सानी हरियो माछे ५०, भेडे खुर्सानी ५० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

मंगलबार हरियो लसुन ९०, हरियो धनिया २ सय, चाइनिज सुकेको लसुन २ सय ४०, नेपाली सुकेको लसुन १ सय ६०, छ्यापी सुकेको १ सय ४० रुपैयाँ र छ्यापी हरियो १ सय २० रुपैयाँ, फुजी स्याउ ३सय, केरा दर्जन १ सय २०, कागती २ सय, अनार ३ सय ८०, आँप माल्दह २ सय २०, आँप दसहरी २ सय २०, आँप कलकत्ते १ सय ८०, हरियो अंगुर २ सय ५०, तरबुजा हरियो ३० , मौसम १ सय ५०, जुनार २ सय ५०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, चाइनिज नासपाती २ सय २०, नेपाली मेवा ८०, भारतीय मेवा ७०, आभोकाडो ५ सय ५०, किवि ५ सय ५०, रुख कटहर ४० रुपैयाँ र  भुई कटहर प्रति गोटा १ सय ८० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्