‘सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ’: प्रतिनिधिसभा सदस्य थापा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन् । उनले आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता हुनुपर्ने बताएका हुन् ।

यही जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सङ्कटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिएका छन् ।

‘यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन् । राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्’, उनले भने, ‘सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन् । उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ ।’

गोरखा मिडियाबाट सहकारीको रकम हिनामिना भएको विषय उठिरहेको उल्लेख गर्दै सांसद थापाले यस विषयमा छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्