भिण्डीको मूल्य घट्यो, बुधबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज भिण्डीको मूल्य घटेको छ । आज भिण्डीको मूल्य १० रुपैयाँले घटेर न्युनतम ३० रुपैयाँमा किनबेच भईरहेको छ ।

समितिका अनुसार आज नेपाली ठुलो गोलभेडा ४० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २७, रातो आलु ५० रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ, रातो आलु (मुडे) ५०, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला हाइब्रिड २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ११०, मकै बोडी ९०, लोकल घ्यु सिमी लोकल ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा १४०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आज तितो करेला ४०, लौका ५०, लोकल परवर ७० रुपैयाँ, परवर (तराई) ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ३०, सखरखण्ड ६०, स्कुस ७०, रायो साग ४० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, हरियो प्याज १२०, कन्य च्याउ १६०, डल्ले च्याउ २७०, कुरिलो २००, न्युरो ७० रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यसैगरी ब्रोकाउली १००, चुकन्दर ५०, सजीवन १४०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, पुदिना १४०, गान्टे मुला ६०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २८०, अदुवा २८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ३०, अकबरे खुर्सानी ३००, भेडे खुर्सानी ५० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

बुधबार हरियो लसुन ५०, हरियो धनिया २५०, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १२०, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ८०, तरबुजा (हरियो) ४०, जुनार २५०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो २५,  चाइनिज नासपाती २२०, भारतीय मेवा ९०, लिच्ची (लोकल) १००, लिच्ची भारतीय २५०, किवि ५५०, आभोकाडो ५५०, भुई कटहर प्रति गोटा १८० रुपैयाँ र रुख कटहर ४० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्