५० रुपैयाँले घट्यो अकबरे खुर्सानीको मूल्य, आइतबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज अकबरे खुर्सानीको मूल्य ५० रुपैयाँले घटेको हो ।

आज नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५० रुपैयाँ, रातो आलु ५५ रुपैयाँ, भारतीय रातो आलु ५३ रुपैयाँ, रातो आलु (मुडे) ५८ रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, रातो मुला ७०, सेतो मुला (लोकल) ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी १२०, मकै बोडी ९०, घिउ सिमी लोकल २००, घिउ सिमी राजमा १५०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ७०, लौका ७०, लोकल परवर ७० रुपैयाँ, परवर तराई ७०, चिचिण्डो ७० रुपैयाँ, घिरौला ९०, झिगुनी ७०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ७०, भिण्डी १००, पिंडालू ९०, स्कुस ७० रुपैयाँ, रायो साग १०० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १२०, कन्य च्याउ २००, डल्ले च्याउ ४००, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली ९०, चुकन्दर ५०, सजिवन ४५०, रातो बन्दा ५०, जिरीको साग ३००, सेलेरी २०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

आइतबार पुदिना ३००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २४०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ११०, हरियो लसुन १५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १४० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार ३५०, आँप (मालदह) ९०, आँप (दसहरी) १००, मौसम १६०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ७०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्